पाँच प्रदेशमा वर्षाको सम्भावना, चिसोले जनजीवन प्रभावित

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको मौसमविद्ले जनाएका छन् । देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । काठमाडौँमा आज वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस