आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

काठमाडौं ।आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा  नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा  बाबुलाई पक्राउ गरेको हो ।

ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया आफ्नै छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा  जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

घरमा कोही नभएको मौकामा बाबुले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री