सप्तरी । सप्तरी जिल्ला अदालतले ४३ प्रतिशतमात्र मुद्दा फर्छ्यौट गरेको छ । चालू आर्थिक वर्षमा जिम्मेवारी सरेका तथा नयाँ दर्ता भएका मुद्दामध्ये ४३.११ प्रतिशत मुद्दामात्रै फर्छ्यौट भएको जिल्ला अदालतले जनाएको छ ।
जिम्मेवारी सरेका ४ हजार ३ सय ३४ तथा नयाँ दर्ता भएका ३ हजार ६ सय ४० गरी कुल ७ हजार ९ सय ७४ मध्ये ३ हजार ३ सय ३१ वटा मुद्दा मात्र फर्छ्यौट गरिएको अदालतले जनाएको छ । कुल मुद्दामध्ये ५ हजार १ सय ८४ वटा फर्छ्यौट गर्ने लक्ष्य लिए पनि प्रक्रियागत सुनुवाई, न्यायाधीशको अभावलगायतका कारणले मुद्दा फर्छ्यौटमा ढिलाई भएको अदालतको भनाइ छ ।
साधारण देवानी २ हजार ५ सय १५, साधारण फौजदारी ४ सय ४९, सरकारवादी ३ सय ६७, पुनरावेदन २८, अदालतको अवहेलना २६ र रिट निवेदन ७ गरी कुल ३ हजार ३ सय ९१ प्रकृतिका आधारमा अदालतमा मुद्दा दर्ता भएका छन् ।
प्रतिकृया दिनुहॊस