मोरङको पथरीमा बस दुर्घटना : एकजनाको ज्यान गयो, २२ जना घाइते

मोरङ । मोरङको पथरीमा मिनी ट्रक र  बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो ।

मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा १ जनाको ज्यान गएको र २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए । घाइतेमध्ये  १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी  दिए  ।

घाइतेमध्ये ७ जना विराटनगरको नोबेल अस्पताल, ५ जना न्यूरो अस्पताल र अन्य १० जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री