‘फेसएप’ नचलाउन विशेषज्ञको सुझाब

काठमाडौँ ।  बुढेसकालको अनुहारमा आफु यस्तो देखिने रहेछ् भन्दै हिजोआज सामाजिक सञ्जालका प्रयोगकर्ता ‘फेसएप’को सहाराले बुढोभएको फोटो पोष्ट गरिरहेका छन ।

यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।

‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिने भन्ने तस्बिर सार्वजनिक गर्छ। ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ।

विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्वीरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्वीरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।’‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ ।

यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्वीरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ । यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ ।

यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्वीरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ । कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन्।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री