समाचार

३५ किलो गाँजासहित तीन युवक पक्राउ

उदयपुर । प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार रहेको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले जानकारी …

पुरा पढ्नुहॊस »

भक्तपुरमा खटबाट खस्दा एकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको मृत्यु भएको छ । बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने …

पुरा पढ्नुहॊस »

डेङ्गुका बिरामी थपिदैँ

पाल्पा । पाल्पामा साउनबाट यता हालसम्म डेङ्गुका पाँच बिरामी देखा परेका छन् । साउनमा दुई बिरामी फेला परेकोमा भदौमा तीन बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । तानसेन नगरपालिकाभित्र साउनको २६ गते ३७ वर्षीय र २४ गते ६१ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौको दोस्रो हप्ता रम्भा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक र पूर्वखोलामा गाउँपालिकामा एक डेङ्गु रोग सङ्क्रमित बिरामी फेला परेको स्वास्थ्य …

पुरा पढ्नुहॊस »

बैतडीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा नरभक्षी चितुवाको आक्रमणवाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका वडा नम्बर २ टाणीखर्क निवासी रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका साढे ७ बजेतिर घरमै खेलिरहेका बेला चितुवाले एक्कासि सुदीपमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । चितुवाले आक्रमण गरी बेपत्ता बनाएका बालकको शव सवा ११ …

पुरा पढ्नुहॊस »

उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धामा कर्मचारीलाई बन्देज

काठमाडाेँ । निजामति कर्मचारी सेवामै रहेर माथिल्लो तह उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् । राजपत्रअनंकित र राजपत्रांकित तृतीय श्रेणीसम्म कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ । प्रनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदे शुक्रबार यस्तो सहमति गरेका हुन् । राजपत्रांकित द्वितीय र प्रथम श्रेणी (उपसचिव र सहसचिव)मा आवश्यक संख्याको १०÷१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति …

पुरा पढ्नुहॊस »

एसिड आक्रमण : कलिलो उमेरको आर्कषण, प्रेम र अस्विकार

काठमाडाैँ । वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । २०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए । यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको …

पुरा पढ्नुहॊस »

खोलाले बगाउँदा महिलाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी–१ की ४८ बर्षीया देविमाया आले मगर छन् । बिहिबार साँझ पौने ७ बजे माईतीबाट आफ्नो घर मारेकटहरे जाने क्रममा बाटोमा रहेको पखाले खोला तर्दा मगरलाई खोलाले बगाएको हो । उनलाई स्थानीयबासीले खोलाबाट गम्भीर अबस्थामा उद्धार गरेका थिए । उद्धार गरी उपचारका लागि जितपुर स्वास्थ्य चौकी लैजाने क्रममा राती करिव साँढे १२ बजे बाटोमै मगरको …

पुरा पढ्नुहॊस »

बाढीले बगायो रामेछाप र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल

रामेछाप । गएरातिको अविरल वर्षासँगै आएको बाढीले रामेछाप र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल बगाएको छ । विगत केही महिनादेखि नै जोखिमपूर्ण अवस्थामा रहेको लिखु नदीस्थित झोलुङ्गे पुल बाढीले बगाएपछि ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–१ र रामेछापको उमाकुण्ड गाउँपालिका–७ का स्थानीयहरु समस्यामा परेका हुन् । बाढीले पुल बगाउँदा सर्वसाधारणले दुई घण्टाको बाटो पैदल हिँडेर बिमिरे पुलसम्म पुग्नुपर्ने बाध्यता भएको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडाध्यक्ष रुद्रमणी नेवारले जानकारी दिए । पुल बगाएपछि दैनिक यात्रा गर्ने …

पुरा पढ्नुहॊस »

वीरगञ्‍जमा किशोरीमाथि एसिड प्रहार, एकजना पक्राउ

काठमाडौं । वीरगञ्जमा कक्षा नौमा अध्ययनरत एक १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिकास्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा अध्ययरन किशोरीमाथि एसिड प्रहार भएको हो । पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरका अनुसार एसिड प्रहार गरेको आरोपमा सम्साद मिया पक्राउ परेका छन् । अर्का एकजना माजिद आलमको खोजी कार्य जारी छ ।

पुरा पढ्नुहॊस »

धादिङको किराञ्चोकमा विश्वमै दुर्लभ लोभीपापी गरुड

धादिङ । धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकमा भेटिएको विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा पुगेको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणमा गाउँपालिकाले लगानी गर्ने भएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले संसारबाटै हराउन लागेको दुर्लभ चरा गाउँमा हुनुलाई गाउँपालिकाको गौरवको रूपमा लिएर यसको संरक्षण गर्न लगानी गर्ने र गाउँवासी र विद्यार्थीहरुलाई सचेत बनाउने अभियान शुरु गरिएको बताए । गाउँपालिकाका अध्यक्ष र चरा संरक्षणविद्को टोली गाउँमै …

पुरा पढ्नुहॊस »