बैतडीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा नरभक्षी चितुवाको आक्रमणवाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका वडा नम्बर २ टाणीखर्क निवासी रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका साढे ७ बजेतिर घरमै खेलिरहेका बेला चितुवाले एक्कासि सुदीपमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

चितुवाले आक्रमण गरी बेपत्ता बनाएका बालकको शव सवा ११ बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको चिरभोले जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी निरीक्षक चन्दले बताए । २०६८ सालयता बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २४ जनाको मृत्यु भैसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री