समाचार

विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

सुरुङ्गा । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया बसे । विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उनले घरमै कुखुरा फार्म सञ्चालन गरेका छन् । …

पुरा पढ्नुहॊस »

दसैँमा घर जाने यात्रुको सुविधाका लागि १४ ठाउँमा सहायता कक्ष

काठमाण्डौ । यातायात व्यवस्था विभागले दसैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाण्डौ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ । यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो । विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि …

पुरा पढ्नुहॊस »

सर्पको टोकाइबाट बालिकाको ज्यान गयो

दाङ । सर्पले डसेर एक बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका– १ सिमलतारा निवासी ७ वर्षीया गोमा ओलीको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार राति घरमा सुतेको समयमा सर्पले डसेको हो । ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

पुरा पढ्नुहॊस »

एटीएमबाट पैसा चोरी प्रकरणको अध्ययन गर्न विदेशी टोली काठमाडौंमा

काठमाडौं । एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल आएको छ । फरेन्सिक भनिने उक्त टोली सिंगापुरबाट बुधबार राति नेपाल आएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को आग्रहमा उक्त टोली नेपाल आएको हो । टोलीले बिहीबारदेखि नै काम थाल्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले बताए । यो टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको …

पुरा पढ्नुहॊस »

अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

बोस्टन । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ। प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को …

पुरा पढ्नुहॊस »

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, एकको मृत्यु

स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिका.३ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ  भने २२ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको  ग १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएकाे हो । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

अछाम । किशोरी अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा अछामममा एक जना पक्राउ परेका छन् । तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल विक पक्राउ परेका हुन् । १६ वर्षीया किशोरीको अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेको अछाम जिल्ला प्रहरीले जनाएको छ । गएको १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।

पुरा पढ्नुहॊस »

कपनमा साथीहरुबीच झगडा : एकको मृत्यु, चारजना पक्राउ

काठमाडौं । कपनमा गएराति साथी–साथीबीच भएको विवादले उग्ररुप लिँदा एकजनाको मृत्यु भएको छ । कुटपिटबाट खोटाङको बारपोखरी नगरपालिका–६ का १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार सुरुमा सबैले सँगै मदिरा सेवन गरेको र पछि लेनदेनको विषयमा विवाद हुँदा कुटपिट सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । झगडा हुँदा घाइते राईको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो …

पुरा पढ्नुहॊस »

सुनसरीमा सर्पले डसेर दुई जनाको मृत्यु

सुनसरी । सर्पले डसेर सुनसरीको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ।  कोसी गाउँपालिका–७ हरिपुरकी ३० वर्षीया सरितादेवी यादवको विषालु सर्पले डसेर मृत्यु भएको छ। यादवलाइ घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा सर्पले खुट्टामा डसेको थियो। उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो।  यसैगरी हरिनगर गाउँपालिका–१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाइबाट मृत्यु भएको छ। मंगलवार राति घर छेउमै विषालु सर्पले …

पुरा पढ्नुहॊस »

बझाङमा खोलाले बगाएर एक जना बेपत्ता

बझाङ । बझाङको बुंगल नगरपालिका–४ का ३६ वर्षीय दलविरे कार्की खोलाले बगाएर बेपत्ता भएका छन् । मंगलबार दिउँसो बुंगल नगरपालिका भएर बग्ने सानीगाड खालाले बगाएर कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर ४ र ५ को सिमानामा पर्ने साउकाभडा भन्ने ठाउँबाट पार्की खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्यका लागि ईलाका प्रहरी चौकी बुंगलबाट प्रहरी टोली खटिएको छ । स्थानीय …

पुरा पढ्नुहॊस »