समाचार

नेपालगन्जका गोदाममा थन्कियो चार मेट्रिक टन जडीबुटी

बाँके । भारतीय सरकारले सूचीकृत नगर्दा नेपालगन्ज नाकामा करिब चार हजार मेट्रिक टन जडीबुटी थन्किएको छ।  भारत सरकारले आफ्नो देशको प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका जडीबुटी निकासी बन्द गरेपछि नेपालका विभिन्न नाकामा करिब १५ हजार मेट्रिक टन जडीबुटी नेपालका विभिन्न नाकामा थन्किएको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए। उनले भने, ‘भारतले निकासी बन्द गरेपछि ६ महिनादेखि नाकामा जडिबुटी थन्किएका छन्।’ निकासी बन्द भएपछि करिब चार हजार मेट्रिक टन …

पुरा पढ्नुहॊस »

एम्बुलेन्स दुर्घटना एक जनाको मृत्यु

महोत्तरी । बर्दिवास नगरपालिका–३ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बिरामी लिएर जनकपुरतर्फ जाँदै गर्दा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा स्थानीय ५० वर्षीया तारा वादीको ज्यान गएको छ । दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घाइते भएका छन् । यस्तै, दुर्घटनामा परेकाे एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री धनुषाको मिथिला नगरपालिका—४ की रोशा …

पुरा पढ्नुहॊस »

दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

काठमाण्डौ ।  यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उनले जानकारी दिए। यस्तै, १३ सोमबार नेपाली सेनाको …

पुरा पढ्नुहॊस »

पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट दुई वटा पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले माछापोखरी स्थित हाई रेष्टुरेण्ट एण्ड डान्स वारबाट परिसरबाट दुई वटा पेस्तोल र एक किलो नक्कली सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पनृेमा नुवाकोट तारकेश्वरका २९ वर्षीय राम बहादुर तामाङ, बिदुर नगरपालिकाका २७ वर्षीय पिटर तामाङ,२५ वर्षीय धर्मराज तामाङ, गोरखा अजिरकोट गाउँपालिकाका ३८ वर्षीय …

पुरा पढ्नुहॊस »

निजामती सेवा दिवस : सेवा प्रभावकारी बन्न नसकेको गुनासो

काठमाडौँ । देशभरिका निजामती कर्मचारीले आइतबार निजामती सेवा दिवस मनाउँदै छन् । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि सेवा दिवस मनाउन थालिएको हो । प्रशासनको मेरुदण्डका रुपमा रहेको निजामती अन्य सेवालाई समेत निर्देशन र नियमन गर्ने भए तापनि सोचे जस्तो काम गर्न सकेको छैन ।दिवस मनाइरहँदा निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए तापनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेका छन् । सरकारका …

पुरा पढ्नुहॊस »

दाजुभाइको झगडाले आमाको ज्यान गयो

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आपूm चढेको एम्बुलेन्स पल्टँदा मृत्यु भएको …

पुरा पढ्नुहॊस »

चिनियाँ विदेशमन्त्री आज आउँदै, भ्रमण आर्थिक विकासमा केन्द्रित हुने

काठमाडाैँ । तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ । सीको काठमाडौँ आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौँमा रहने कार्यक्रम छ । राजनीतिक संक्रमण सकिएर आर्थिक विकासको …

पुरा पढ्नुहॊस »

नेपाल-चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक सोमबार : आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

काठमाडौँ । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिए । उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको …

पुरा पढ्नुहॊस »

पर्वतको जलजलामा मात्रै १५ हजार रोपनी जग्गा अतिक्रमण

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकामा मात्रै १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जमीन व्यक्तिले भोगचलन गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा १५ हजार २८२ रोपनी जग्गा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । अतिक्रमण गरिएको सार्वजनिक जग्गा अधिकांश मालढुङ्गा बेनी सडक किनार र कालीगण्डकी किनारको उब्ब्जाउ जग्गा रहेको पाइएको छ । सार्वजनिक तथा गुठीका जग्गा दुरुपयोग भइरहेको गुनासो आउन थालेपछि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा …

पुरा पढ्नुहॊस »

टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी भएका हुन् । निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बनेका छन् भने पराजित थापाले ४३८ मत प्राप्त गरेका थिए । सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवार बनेका …

पुरा पढ्नुहॊस »