नेपालगन्जका गोदाममा थन्कियो चार मेट्रिक टन जडीबुटी

बाँके । भारतीय सरकारले सूचीकृत नगर्दा नेपालगन्ज नाकामा करिब चार हजार मेट्रिक टन जडीबुटी थन्किएको छ।  भारत सरकारले आफ्नो देशको प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका जडीबुटी निकासी बन्द गरेपछि नेपालका विभिन्न नाकामा करिब १५ हजार मेट्रिक टन जडीबुटी नेपालका विभिन्न नाकामा थन्किएको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए। उनले भने, ‘भारतले निकासी बन्द गरेपछि ६ महिनादेखि नाकामा जडिबुटी थन्किएका छन्।’

निकासी बन्द भएपछि करिब चार हजार मेट्रिक टन जडीबुटी ६ महिनादेखि नेपालगन्जका व्यवसायीको गोदाममै थन्किएको अध्यक्ष अन्सारीले बताए।  अन्सारीका अनुसार भारतले रिट्ठा, कुट्की, दालचिनी, पखानवेद, चुत्राको बोक्रा, चुत्राको काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अस्वगन्धा, जटामासी, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइलको तेल समेत सुचीकृत गरेको छैन।

नेपालमा ५४ प्रकारका जडीबुटी गोदाममा थन्किएका छन्।  विगत केही वर्षदेखि ट्रान्जिट परमिटको नाममा भारतले जडीबुटी निकासीमा अवरोध गर्दै आएको अन्सारीको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस