एम्बुलेन्स दुर्घटना एक जनाको मृत्यु

महोत्तरी । बर्दिवास नगरपालिका–३ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बिरामी लिएर जनकपुरतर्फ जाँदै गर्दा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा स्थानीय ५० वर्षीया तारा वादीको ज्यान गएको छ ।

दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घाइते भएका छन् ।

यस्तै, दुर्घटनामा परेकाे एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री धनुषाको मिथिला नगरपालिका—४ की रोशा बराइली पनि घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका ट्राफिक प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप