समाचार

बालबालिकामा मोटोपनको समस्या विकराल बन्दै, किन हुँदैछ यस्तो ?

काठमाडौं । मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ प्रतिशतले बढेको छ। यो समस्या कमसल खानाले गर्दा बढेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘विश्वका बालबालिकाको अवस्था–२०१९ बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ। नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ। नेपालमा करिब ३६ हजार …

पुरा पढ्नुहॊस »

दुनियाँलाई चेतावनी दिन सीले नेपालकै मञ्च किन प्रयोग गरे?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा व्यक्त गरेको विचार संसारभर छरिएको छ। काठमाडौँबाट सीले व्यक्त गरेको भनाई यतिबेला विश्वरभका संचार माध्यममा हेडलाईन बनेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दाहाल र श्रवण उप्रेतीले लेखेका छन्। भ्रमणको दोश्रोदिन आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो। तिब्बत, ताइबान, हङकङ र सिनज्यान विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको चासोबारे सीले ओलीसँग चर्चा गरेका थिए। तर, यस्तो चासो …

पुरा पढ्नुहॊस »

पशुपतिमा फेला पर्‍याे ४५ किलो सुन

काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सनु ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य …

पुरा पढ्नुहॊस »

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान ठप्प पार्ने चेतावनी

काठमाडौं । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई ७ दिनभित्र कारबाही नगरे सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ । उनीले सोमबार उडान ढिला भएको भन्दै गालीगलौज तथा कर्मचारीमाथि हातपात गरेका थिए । उक्त घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको हो । संघले कारबाही नगरे असुरक्षाका कारण उडान बन्द गरिने जानकारी दिएकाे छ ।

पुरा पढ्नुहॊस »

धरानमा पेस्तोल, १३ राउण्ड गोली र १२ हजार क्याप्सुलसहित एकजना पक्राउ

काठमाडौं । सुनसरीमा पेस्तोल, गोली र लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ का २३ वर्षीय निरज कुमार राउत छन् । उनी धरान उपमहानगरपालिका–९ मा डेरा गरी बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठा खानतलासी गर्दा एक पेस्तोल, एक म्यागजीन र १३ राउण्ड गोली बरामद गरिएको छ । यस्तै खैरो हिरोइन ७ ग्राम लगायत १२ हजार ९४४ क्याप्सुल अवैध लागुऔषध समेत बरामद भएको छ । …

पुरा पढ्नुहॊस »

महरालाई भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार मात्र अदालतमा उपस्थित गराइने भएको छ । आज अदालत बन्द हुने भएका कारण मंगलबार (भोलि)मात्र महरालाई अदालतमा उपस्थित गराइने भएको हो । यसअघि सोमबार (आज) महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी थियो । पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनस्वरुप आज देशभरका सवै तहका अदालत र न्यायाधीकरणमा शोक बिदा दिइएको सर्वोच्च अदालतले …

पुरा पढ्नुहॊस »

सुँगुरको पित्त खाँदा पाँचथर मृत्यु हुनेको संख्या तीन पुग्यो

पाँचथर । सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको आइतबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन्। उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।  यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको …

पुरा पढ्नुहॊस »

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

धनगढी । कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ‘२१ गते कुटपिट भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले भने, ‘प्रहरीलाई २४ गते मात्रै थाहा भएको हो।’ आफ्नै घरमा परपुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेको प्रहरीको भनाइ छ। श्रीमानको कुटाइबाट अचेत भेटिएकी थापालाई उपचारका लागि …

पुरा पढ्नुहॊस »

स्काभेटरले किच्दा एकजनाको मृत्यु

डडेल्धुरा । आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ। आइतबार राति ५२ वर्षीय मानबहादुर बोहरालाई स्काभेटरले किचेको जिल्ला प्रहरी कार्याल, डडेल्धुराले जनाएको छ। परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा २ क ५४६४ नम्बरको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। चालकको लापरवाहीले घटना भएको स्थानीयको दाबी छ। स्काभेटरले परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रालि, …

पुरा पढ्नुहॊस »

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडाैँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि भारतमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङ लगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ । ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो …

पुरा पढ्नुहॊस »