बालबालिकामा मोटोपनको समस्या विकराल बन्दै, किन हुँदैछ यस्तो ?

काठमाडौं । मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ प्रतिशतले बढेको छ। यो समस्या कमसल खानाले गर्दा बढेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘विश्वका बालबालिकाको अवस्था–२०१९ बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ। नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ।

नेपालमा करिब ३६ हजार बालबालिकामा मोटोपनाको समस्या छ। ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन्, भने करिब २ लाख ९० हजार बालबालिका ख्याउटे रहेका युनिसेफले जनाएको छ। त्यस्तै १३ लाख बालबालिकामा भिटामिन ए, आइरन लगायतका पोषण तत्वको कमी छ।

३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षबीच फलफूल वा तरकारी खान पाउँदैनन्। प्याकेटका तयारी खानेकुराको बढ्दो प्रयोगले बालबालिकाको जीवनमा नकारात्मक असर गरिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन, अध्यक्षमा पूर्व न्यायाधीश गौतम

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश …

प्रतिकृया दिनुहॊस