महरालाई भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार मात्र अदालतमा उपस्थित गराइने भएको छ ।

आज अदालत बन्द हुने भएका कारण मंगलबार (भोलि)मात्र महरालाई अदालतमा उपस्थित गराइने भएको हो । यसअघि सोमबार (आज) महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने तयारी थियो ।

पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनस्वरुप आज देशभरका सवै तहका अदालत र न्यायाधीकरणमा शोक बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ । पूर्व प्रधानन्यायाधीश उपाध्यायको गत असोज १० गते निधन भएको थियो ।

निवर्तमान सभामुख महरालाई असोज १९ गते आइतबार साँझ प्रहरीले बालुवाटारबाट पक्राउ गरेको थियो ।

बीचमा दशैंको सार्वजनिक विदा परेका कारण उनलाई अदालत उपस्थित गराइएको थिएन । दशै विदा सकिएपछि आज अदालत उपस्थित गराइने भनिएकोमा आज अदालत बन्द हुने भएपछि उनलाई मंगलबारमात्र अदालत उपस्थित गराइने स्रोतले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds