धरानमा पेस्तोल, १३ राउण्ड गोली र १२ हजार क्याप्सुलसहित एकजना पक्राउ

काठमाडौं । सुनसरीमा पेस्तोल, गोली र लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ का २३ वर्षीय निरज कुमार राउत छन् । उनी धरान उपमहानगरपालिका–९ मा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको कोठा खानतलासी गर्दा एक पेस्तोल, एक म्यागजीन र १३ राउण्ड गोली बरामद गरिएको छ । यस्तै खैरो हिरोइन ७ ग्राम लगायत १२ हजार ९४४ क्याप्सुल अवैध लागुऔषध समेत बरामद भएको छ । पक्राउ परेका राउतमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds