धरानमा पेस्तोल, १३ राउण्ड गोली र १२ हजार क्याप्सुलसहित एकजना पक्राउ

काठमाडौं । सुनसरीमा पेस्तोल, गोली र लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ का २३ वर्षीय निरज कुमार राउत छन् । उनी धरान उपमहानगरपालिका–९ मा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको कोठा खानतलासी गर्दा एक पेस्तोल, एक म्यागजीन र १३ राउण्ड गोली बरामद गरिएको छ । यस्तै खैरो हिरोइन ७ ग्राम लगायत १२ हजार ९४४ क्याप्सुल अवैध लागुऔषध समेत बरामद भएको छ । पक्राउ परेका राउतमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री