काठमाडाैँ । २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’ चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचियत थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आवद्ध तत्कालिन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ती हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेका पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैं …
पुरा पढ्नुहॊस »विवादकै कारण नागरिकता विधेयक अलपत्र
काठमाडाैँ । छलफल रोकिएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेको नागरिकता विधेयक अलपत्र पर्ने देखिएको छ । उक्त विधेयक २०७५ भदौ ५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो। विधेयकमा एक वर्षदेखि मुख्य विवादका रूपमा वैवाहिक अंगीकृत नागरिकता रहेको छ । विवादकै कारण समिति सदस्य विजय सुब्बाको संयोजकत्वमा उपसमितिसमेत गठन गरेर छलफल गरिएको थियो । उपसमितिले सजायको विषयमा सहमति गरे पनि वैवाहिक नागरिकता दिने विषयमा टुंगो लगाउन नसकेपछि समितिमा यसबारे पुनः …
पुरा पढ्नुहॊस »आज र भोलि भिटामिन ‘ए’ कार्यक्रम देशभर सञ्चालन
काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तगर्त आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा शनिबार र आइतबार कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि, ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने …
पुरा पढ्नुहॊस »गुण्डा नाइके बाघे पक्राउ
काठमाडौँ । गुण्डा नाइके बाघे भनिने नाइके सुन्देश लामालाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् ।
पुरा पढ्नुहॊस »बसको ठक्करबाट युवकको मृत्यु
बारा। बाराको कोल्बी नगरपालिक १ मा बिहीबार राति ना ३ ख ६३८६ नम्बरको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »एनआरएन अध्यक्षमा पन्त विजयी, महासचिवमा डा. हेमराज
काठमाडौं । एनआरएनको सम्पन्न निर्वाचनमा कुमार पन्तसहित महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन। उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी, विजयी भएका छन। उता सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन । सम्पन्न निर्वाचन विश्व सम्मेलनको क्रममा हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगका अनुसार ९२ प्रतिशत …
पुरा पढ्नुहॊस »एकताको १७ महिनापछि पार्टी गतिविधिप्रति प्रचण्ड असन्तुष्ट
काठमाडौं । सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन् । एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ । उनले यसलाई डरलाग्दो रोगका रुपमा चित्रण गरेका छन् । पार्टी एकताको १७ महिनापछि उनले पार्टीमा देखिएको विकृतिको आलोचना गरेका हुन् । नेकपा चितवनले आयोजना गरको चियापान कार्यक्रममा उनले पार्टीभित्रका बेथितिको चर्चा गरे । यो समाचार आजको अन्नपूर्ण …
पुरा पढ्नुहॊस »बढ्न थाल्यो चिसो : मौसमविद् भन्छन्- अब निरन्तर तापक्रम घट्दै जान्छ
काठमाडौं । केहीदिन यता संघीय राजधानी काठमाडौंसमेत देशका विभिन्न भागमा चिसो बढ्न थालेको छ । यसअघि अलि पहिला नै चिसो बढ्ने गरेकोमा अहिले भने केही ढिलो मात्रै चिसो महसुस हुन थालेको हो । असोजदेखि नै पहिला चिसो हुने गरेकोमा अहिले कात्तिक सुरु हुने बेलादेखि मात्रै केही चिसो बढेको छ । मौसमविद् मिनकुमार अर्यालले तापक्रम घट्दै गएकोले चिसो पनि बढ्दै जाने बताए । उनले भने, ‘पश्चिमी वायुको प्रभावले अझै पनि पश्चिमका …
पुरा पढ्नुहॊस »एनआरएनएको मतगणना जारी, कुमार पन्त अग्र स्थानमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त करिब डेढ सय मत गन्न बाँकी हुँदा ३५ मतले अगाडि देखिएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यभन्दा पन्त ३५ मतले अगाडि देखिएका हुन् । अहिलेसम्मको गणनाअनुसार पन्तले ५ सय ३ र आचार्यले ४ सय ४० मत ल्याएका छन् । बिहीबार राति अबेरबाट सुरु मतगणना जारी छ । कूल २ हजार ५७० मतदातामध्ये २३० जना मतदानका बेला अनुपस्थित थिए । …
पुरा पढ्नुहॊस »सातजनाद्वारा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, सबै पक्राउ
कञ्चनपुर । कञ्चनपुरको वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नम्बर ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा छन्। पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान …
पुरा पढ्नुहॊस »