एनआरएनएको मतगणना जारी, कुमार पन्त अग्र स्थानमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त करिब डेढ सय मत गन्न बाँकी हुँदा ३५ मतले अगाडि देखिएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यभन्दा पन्त ३५ मतले अगाडि देखिएका हुन् ।

अहिलेसम्मको गणनाअनुसार पन्तले ५ सय ३ र आचार्यले ४ सय ४० मत ल्याएका छन् । बिहीबार राति अबेरबाट सुरु मतगणना जारी छ । कूल २ हजार ५७० मतदातामध्ये २३० जना मतदानका बेला अनुपस्थित थिए । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवारी दिएका थिए ।

अस्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिका क्षेत्रबाट २६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री