काठमाडाैँ । २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’
राजनीतिक जीवन शुरु गरेको ३९ वर्षपछि भने उनी संसद्को दैलोभित्र छिर्न पाइन् । अहिले संसद्को आयु ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा धरमरमा छ । उनी सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अप्ठ्यारो देखिएको छ ।
यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।
प्रतिकृया दिनुहॊस