पानी परेको स्थानमा प्रदूषण घटे पनि अन्य क्षेत्रमा उस्तै

काठमाडौँ । बुधबार पानी परेको स्थानमा आज प्रदूषण केही मात्रामा घटेको छ । प्रदेश १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा बुधबार पानी परेको थियो ।

हिजो पानी परेका स्थानमा आज प्रदूषणको मात्रा कही घटेको देखिएको मौसमविद् मञ्जु वासीले जानकारी दिइन् । उनका अनुसार पानी परेको ठाउँमा प्रद्रषण घटेपनि नपरेका ठाउँमा भने कम भएको छैन ।

मेघगर्जनसहित वर्षा
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा तुवाँलो छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–मौसम सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मृत्युपश्चात् अङ्ग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने मृतकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरिने …

प्रतिकृया दिनुहॊस