मनॊरञ्जन

नयाँ फिल्ममा एयरफोर्सको पाइलट बन्दै कंगना

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनोटको नयाँ फिल्म ‘तेजस’को फस्ट लुक सार्वजनिक भएको छ। हालसालै प्रदर्शनमा आएको कंगना अभिनित पंगाले बक्स अफिसमा खासै जदु नगरेपनि तेजसले कंगनाको करियरलाई माथि लैजाने बलिउड समीक्षकहरुले बताएका छन्। फिल्ममा कंगनाले भारतीय सेनाको पाइलटको भूमिकामा देखिनेछिन्। उनले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै फिल्मलाई बहादुर सेनाहरुप्रति समर्पित गरेकी छन्। ‘भारतीय सेनाका सबै बहादुर महिला-पुरुषको लागि यो फिल्म समर्पित गर्न चाहन्छु। जसले दिनरात नभनी देशको सुरक्षामा खटिन्छन्।’ फिल्मलाई …

पुरा पढ्नुहॊस »

‘बिग बोस १३’ को १४० दिनको यात्रा समाप्त, सिद्धार्थ शुक्ला बने बिजेता

काठमाडौँ । टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि हात पारेका छन् । सिद्धार्थ शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् । करिब साढे चार महिनासम्म चलेको यो चर्चित तथा विवादित रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए । सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा । ग्रान्ड फिनालेमा सबैभन्दा पहिले पारस छाबडा बाहिरिए । उनले १० लाख …

पुरा पढ्नुहॊस »

झिल्के गायक नवराज घोरासैनीको झम्के साँझै बजारमा (भिडियो सहित)

काठमाडौं । डिएआर मुभिजले झिल्के गायक नवराज घोरासैनी  र आँसु मगर को स्वरमा सजिएको झम्के साँझै लोक दोहोरी गीत बजारमा आएको छ ।  डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के साँझैमा  लय र शब्द माधव बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ । कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, …

पुरा पढ्नुहॊस »

पशुपतिले ल्याए ‘लुट्न सके लुट्’ भाग–२ ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लुट्न सके लुट्’ भाग–२ का रुपमा ‘जता पनि चोर’ बोलको गीत सार्वजनिक गरेका हुन् । शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् ।  ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ बोलको गीतमा विद्यमान भ्रष्टाचार, वेथिति र ठग प्रवृत्तिप्रति व्यङ्य गरिएको छ ।  

पुरा पढ्नुहॊस »

‘लभ डायरिज’ रिलिज

काठमाडौँ । शुक्रबार नेपाली सिनेमाघरमा प्रेमकथामा आधारित ‘लभ डायरिज’ रिलिज भएको छ। सिनेमामा सुशील र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। सिनेमामा कथा, पटकथा मधु बास्तोलाको छ। संजय लामाको छायाँकंन रहेको सिनेमामा मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन रहेको छ बने संगीत अर्जुन पोखरेलको छ। यसैगरी विदेशी सिनेमातर्फ सारा अलि खान तथा कार्तिक आर्यन स्टारर ‘लभ …

पुरा पढ्नुहॊस »

ब्राड पिटले जिते ‘ओस्कर अवार्ड’ [भिडियाे]

काठमाडौं । हलिउड अभिनेता ब्राड पिटले ‘ओस्कर अवार्ड’ हात पारेका छन् । आज बिहान लन्डनमा आयोजित अवार्ड वितरण समारोहमा उनले हलिउड फिल्म ‘वान्स अपन अ टाइम’ बाट ‘बेस्ट सपोर्टिङ एक्टर’ (सवोत्कृष्ट सहअभिनेता) को अवार्ड हात पारेका हुन्। उनले अभिनयमा जितकाे याे पहिलाे अवार्ड हाे। पिटले टम हान्कस, एन्थोनी हपकिन्स, अल पेसिनो र जोए पेस्कीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन्। अवार्ड जितेपछि उनले खुसी व्यक्त गर्दै प्राप्त अवार्ड आफ्ना …

पुरा पढ्नुहॊस »

इन्स्टाविरोधी सेलेना

काठमाडौँ । अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले केही समयको तनावलाई विश्राम दिँदै भर्खरै मात्र नयाँ एल्बम ‘रेअर’ बजारमा ल्याइन् । उक्त एल्बमको एक गीत ‘लस यु टु लभ मी’ ले त बिलबोर्ड चार्टमा तहल्का नै मच्चाइदियो । गायक जस्टिन बिबरसँगको लामो समयदेखिको प्रेमसम्बन्ध तोडिएपछि विक्षिप्त बनेकी सेलेनाले उक्त गीत बिबरका लागि नै जवाफ दिएर निकालिन् । गीतको सफलताले राहतको महसुस गरिरहेकी सेलेनाले हालै आफ्ना फ्यानहरूका केही सवालको जवाफ दिने कार्यक्रममा सहभागी जनाएकी …

पुरा पढ्नुहॊस »

‘चार आनाको मसला’मा स्वस्तिमा र सुपुष्पाको ‘बोल्ड डान्स'(भिडियाे)

काठमाडौं । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट–३’ को पहिलो गीत रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमकाबीच ‘चार आनाको मसला’ बोलको गीतमा सार्वजनिक भएको छ। डिपी खनालको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा राम खम्बु र अस्मिता अधिकारीले स्वर दिएका छन्।  प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतमले अभिनय गरेका छन्।  

पुरा पढ्नुहॊस »