कबड्डी ४ बन्ने, होला त काजीको बिहे ?

काठमाडौँ । चलचित्र कबड्डीको अन्तिम भाग बन्ने भएको छ । निर्देशक राम बाबु गुरुङले सामाजिक सञ्जालमा ‘फाइनल म्याच’ भन्दै एक तस्बिर सार्वजनिक गरेका छन् ।

उनका अनुसार चलचित्र आगामी वर्ष २०७८मा प्रदर्शनमा आउने छ । गुरुङले कबड्डी ३ को एक कार्यक्रममा ‘काजीलाई एक्लै बनाउन त भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही भनाइलाई आधार मान्ने हो भने चलचित्र काजीको विवाहमा गएर टुङ्गिन्छ ।

चलचित्रमा मुख्य भूमिकामा दयाहांग राई नै रहने छन् । बासुरी फिल्म्स प्रोडक्सन अन्तर्गत बन्ने चलचित्र बैसाखबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री