हिमालयन बैककाे मैतीदेवी मन्दिरमा सिसिटिभी जडान

हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण आज एक समारोहका वीच हस्तान्तरण गरेको छ । उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्दछ ।

यस अवसरमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सि. सि. टी. भी. सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो । समारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दहाल, बैंकका सञ्चालकहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारी हरुको समेत उपस्थिति थियो । समारोहमा मन्तव्य ब्यक्त गर्दै अध्यक्ष श्रेष्ठले सि. सि. टी. भी. जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । यसैगरि पुरातत्व विभागका महा निर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको वताउनु भयो । यस अघि पनि बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले बैंक तथा व्यक्तिगत एवं पारिवारिक सहयोगमा मैतीदेवी मन्दिरमा तोरण एवं ढलोटका २ सिंह प्रतिमाहरु स्थापना गरिसकेको जानकारी गराउनुभयो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस