काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तार गरेको छ । बैंकले बाराको सिमरौनगढ र पोखराको बुढीबजारमा शाखा संचालनमा ल्याएको छ । यससँगै बैंकले देशभरीबाट ९८ शाखा , ३१शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
पुरा पढ्नुहॊस »सर्पोट माइक्रो फाइनान्सले थप ९ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने
काठमाडौं।सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले थप ९ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।संस्थाले हालको कार्यक्षेत्र रहेको १० जिल्लाबाट ९ जिल्लामा विस्तार गर्न लागेको हो । संस्थाले प्रदेश नम्बर १ मा झापा, इलाम, ताप्लेजुङ, मोरङ, संखुवासभा, ओखलढुङा, सोलुखुम्बु छन् ।यस्तै प्रदेश नम्बर २ मा सिराह र सप्तरी जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने संस्थाले जानकारी दिएको छ ।
पुरा पढ्नुहॊस »सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबरको चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पुँजीको १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले साविकका सेयरधनीलाई २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।
पुरा पढ्नुहॊस »सेवा विस्तार नगरेको भन्दै युटिएललाई कारबाही
काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुसारको सेवा विस्तार नगरेको भन्दै युटिएललाई कारबाही गरेको छ। लाइसेन्स लिंदा पेस गरेको योजनाअनुसार युटिएलले साढे एक वर्ष वित्नै लाग्दा एक जिल्लामा पनि सेवा विस्तार गरेकाे छैन। प्राधिकरण संचालक समितिको बैठकले युटिएललाई तत्काल पाँच लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ। युटिएलले २०७३ भदौमा युनिफाइड लाइसेन्स पाएको थियो। लाइसेन्स पाएको पहिलाे वर्ष ४४ र दाेस्राे वर्ष १० जिल्लामा सेवा नेटवर्क विस्तार …
पुरा पढ्नुहॊस »एन आइ सी एशिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स शुरु
काठमाडौं । एन आइ सी एशिया बैंक लिमिटेडले म्याक्स मनी एसडीएन बीएचडीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई मलेसियाबाट इनवार्ड रेमिटेन्स शुरु गर्न लागेको हो । उक्त सम्झौता अनुसार म्याक्स मनी एसडीएन बीएचडीको मलेसियामा रहेका सम्पूर्ण शाखाबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने छन् । साथै, एन आइ सी एशिया रेमिट मार्फत …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआईभी संक्रमित बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई रू एक लाखको आर्थिक सहयोग गरेको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा रू …
पुरा पढ्नुहॊस »भृकुटी मण्डपमा सुरु भयो जुत्ताचप्पलको अहिलेसम्मकै ठूलो मेला, सोलको मोलमा जुत्ता दिने दावी (फाेटाे फिचर)
काठमाडौं । तपाईंले यस बर्षका लागि जुत्ताचप्पल किन्नु भयो ? तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर आएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ जुत्ता चप्पलको अहिलेसम्म्कै ठूलो मेला । नेपालका चर्चित २३ वटा ब्राण्डहरुको सहभागीतामा सुरु भएको यस मेलामा ब्यवसायीले भारी छुटमा जुत्ताचप्पल उपलब्ध गराउने बताएका छन् । हामीले यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं, शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भन्नुभयो, यति सस्तो मूल्यमा अरु …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोक (मोरङ्ग) मा समुद्घाटन
काठमाडौं । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले मोरङ्गको बिराटचोकमा आफ्नोे नँया एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको छ । एक कार्यक्रम बिच उक्त काउन्टरको समुद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज …
पुरा पढ्नुहॊस »सेञ्चुरी बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले यस बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।
पुरा पढ्नुहॊस »चर्चामा मेयर मेहता,बालबालिकाको परिक्षा शुल्क माफ
रौतहट ।रौतहट जिल्लामा शिक्षाको दृष्टिकोणले अत्यन्तै पिछडिएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता अहिले चर्चाको पात्र बनेका छन् । आफ्नो नगरपालिका भित्रका स्थानियको आर्थिक अवस्था निकै जटिल रहेको अनुभुति गर्दै वहाँले ईशनाथ नगरपालिका अन्र्तगत रहेका सम्पूर्ण सामुदायिक विधालयहरुमा अध्यन गर्ने कक्षा १ देखि १० सम्मका बालबालिकाको परिक्षाा शुल्क माफ गर्ने घोषणा गरेका छन् । घोषणा विपरित कतिपय विधालयले अटेरी गर्दे विधार्थीहरु संग परिक्षा शुल्क असुल गरेपछि मेयर मेहताले जानकारी पाउन बितिकै …
पुरा पढ्नुहॊस »