सेवा विस्तार नगरेको भन्दै युटिएललाई कारबाही

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुसारको सेवा विस्तार नगरेको भन्दै युटिएललाई कारबाही गरेको छ।

लाइसेन्स लिंदा पेस गरेको योजनाअनुसार युटिएलले साढे एक वर्ष वित्नै लाग्दा एक जिल्लामा पनि सेवा विस्तार गरेकाे छैन।

प्राधिकरण संचालक समितिको बैठकले  युटिएललाई तत्काल पाँच लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको  छ।

युटिएलले २०७३ भदौमा युनिफाइड लाइसेन्स पाएको थियो। लाइसेन्स पाएको पहिलाे वर्ष ४४ र दाेस्राे वर्ष १० जिल्लामा सेवा नेटवर्क विस्तार गर्नुपर्ने शर्त थियाे। तर उसले हालसम्म एक जिल्लामा पनि सेवा विस्तार गरेकाे छैन।

प्राधिकरणले युटिएललाई अबकाे छ महिनाभित्र ५४ जिल्लामा नेटवर्क विस्तार गर्न निर्देशन पनि दिएकाे छ।

प्राधिकरणले यसअघि लामो समयसम्म पत्राचार गर्दा पनि युटिएलले कुनै प्रतिक्रिया दिएको थिएन।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री