राष्ट्रिय विमा संस्थानको नाफा ४४ लाख

काठमाडौं। राष्ट्रिय विमा संस्थानले चालू आर्थिक वर्षको तीन महिनामा ४४ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जम्मा ३० हजार रुपैयाले नाफा बढाएको छ ।

संस्थानको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासमा ४३ लाख ८६ हजार रहेको संस्थानले जारी गरेको अपरिस्किृत वित्तिय विवरणमा उल्लेख छ । १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो संस्थानको जगेडा कोषमा १७ करोड ४१ लाख रुपैयाँ रहेको छ । यसको जीवनबीमा कोषमा १६ अर्ब २१ करोड रुपैयाँ छ ।

संस्थानले १ अर्ब ३७ करोड रुपैयाँ यो आवसम्ममा खुँद बीमाशुल्क संकलन गरेको छ । यसको ६२ करोड ८४ लाख दाबी भुक्तानीको रकम रहेको छ । अभिकर्ता कमिशनमार्फतको खर्च ३ करोड २० लाख, स्वस्थ्य परिक्षण शुल्क १५ लाख ९३ हजार रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस