दिगो आर्थिक विकास, नवीकरणीय ऊर्जा र मातृशिशु कार्यक्रमका लागि जर्मनीले ३ अर्ब अनुदान दिने

काठमाण्डौ । जर्मन सरकारले नेपालको दिगो आर्थिक विकास, नवीकरणीय ऊर्जा र मातृशिशु कार्यक्रमका लागि ३ अर्ब ४ करोड रुपैयाँ अनुदान सहायता दिने भएको छ ।

मातृशिशु मृत्युदर कम गर्न, नवीकरणीय उर्जाको विकास र विस्तार गर्न तथा दिगो  र वातावरणमैत्री विकासमा जर्मन सरकारले ३ अर्ब ४ करोड रुपैयाँ अनुदान दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

अनुदान सहयोगको सम्झौतामा नेपाल र जर्मन सरकारबीच शुक्रबार अर्थ मन्त्रालयमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस