काठमाडौं । निटको कम्पनीले काठमाडौंको सानोभञ्याङमा शनिवार आधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । निटको कम्पनीका अन्तरराष्ट्रिय प्रतिनिधि दिवाङ्ग क्षेदाले उक्त शोरूमको उद्घाटन गरेका हुन् । उक्त अवसरमा कम्पनीले नयाँ डिजाइनका टायल भोल्गा ब्ल्यू सिरिज, ब्ल्यू स्टोन सिरिजका टायल सार्वजनिक गरेको छ । निटकोले ५० भन्दा बढी डिजाइनका टायल उत्पादन गरी बजारमा ल्याएको छ ।
शोरूम उद्घाटनका अवसरमा क्षेदाले निटकोले अन्तरराष्ट्रिय बजारमा गुणस्तरीय र विभिन्न डिजाइनमा टायल, मार्वल उत्पादन गर्दै आएको जानकारी दिए । नेपाल लगायत ३६ भन्दा बढी देशमा आप्mनो सेवा पुगेको उनले बताए । नेपालका लागि निटको कम्पनीका प्रमुख उत्तम रिमालले निटकोले नेपालमा विसं २०१३ मा आफ्नो बजार विस्तार गरेको बताए । बजारको शुरुआतदेखि हालसम्म पनि नेपाली बजारमा उक्त कम्पनीले गुणस्तरीयता कायम राख्न सफल भएको उनको दाबी छ ।




