आर्थिक

स्रोत नखुलेको २४ लाख रुपैयाँसहित गुप्ता पक्राउ

रुपन्देही । रुपन्देहीमा स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । रुपन्दहीको सम्मरीमाई गाउँपालिका–६ बस्ने ३२ वर्षीय प्रमोदकुमार गुप्तालाई शुक्रबार प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो । सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित पक्राउ गरेको हो । मोटरसाइकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको …

पुरा पढ्नुहॊस »

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ । त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ । अहिलेसम्मा सबैभन्दा बढी वडा …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम भुक्तानी ‘खल्ती’ एपबाटै हुने

काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्ने  छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन्। भुक्तानी गर्न चाहनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी वा Khalti.com वेव पेजको होम स्क्रीनमा गइ सरकारी सेवा (Government Services) मेनुबाट वैदेशिक रोजगार कल्याणकारी कोष (DoFE) ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्ने छन् । वैदेशिक रोजगारीमा ३ वर्षभन्दा थोरै …

पुरा पढ्नुहॊस »

मानवसेवा आश्रमलाई वर्ल्डलिंकको सहयोग

  काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ ।  वर्ल्डलिंक कम्युनिकेशन्स लि.का निर्देशक दोय  मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण गरे।  हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा  वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको समुद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पुर्ण खर्च (रु. दश लाख) समेत उपलब्ध गराएको थियो । मानवसेवा आश्रम २०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखि सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहेको छ । नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित रहेको छ । वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दैआइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो। वर्ल्डलिंक इसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी हो, जसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।  वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो कर दाता कम्पनी हो । वर्ल्डलिंकको नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ । कम्पनीका ४ लाख ७ हजारभन्दा बढी ग्राहक छन ।  नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ ।

पुरा पढ्नुहॊस »

सिट्रोन(CITROEN) गाडी सन् २०२१ मा नेपालमा आउँदै

काठमाडौं । नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए, फ्रान्स (Groupe PSA, France) ले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ । सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ । सिट्रोन ब्राण्ड अन्तरगर्त …

पुरा पढ्नुहॊस »

शुक्रबार सुन तोलामा ३ सयले बढ्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४५० कायम भएको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य तोलामा ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार …

पुरा पढ्नुहॊस »

तोलामै १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको रु ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ । त्यसैगरी बिहिबार चाँदीको मुल्य पनि तोलामा रु २० ले बढेर प्रतितोला १२ सय ५ …

पुरा पढ्नुहॊस »

एनसेलले ल्याएका नयाँ भ्वाइस प्याकहरु कस्ता छन् ?

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । एनसेलका अनुसार यी नयाँ भ्वाइस प्याक भोली बिहीबार देखि ग्राहकका लागि उपलब्ध हुनेछ । प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् । एक घण्टाको भ्वाइस प्याक …

पुरा पढ्नुहॊस »

चन्द्रागिरी हिल्सको आईपीओ खुल्याे

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आजदेखि आईपीओ खुल्ला गरेको छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेकाे हो । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, …

पुरा पढ्नुहॊस »

आज पनि तोलामा ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ ।  बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ५ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै,  चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »