शुक्रबार सुन तोलामा ३ सयले बढ्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४५० कायम भएको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य तोलामा ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री