काठमाडौं । रु रु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो सेयर रजिष्ट्रार नियुक्त गरेको छ । रु रु जलविद्युत परियोजना र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको हो । यो सम्झौता गरेकै दिन वैशाख ५ गतेबाट लागू भएको पनि जनाइएको छ । रु रु जलविद्युत परियोजनाकातर्फबाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटल लिमिटेडकातर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका …
पुरा पढ्नुहॊस »स्याङयोङ्ग नयाँ वर्ष अफरः ५ लाखसम्मको क्यास डिस्काउन्ट साथमा एक्सचेञ्ज बोनस
काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता आईएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्समिसन र टिभोलि म्यानुएल ट्रान्समिसनका ५ लाखसम्मको क्यास डिस्काउन्ट पाउने छन् । साथै २ लाखसम्मको एक्सचेञ्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योसँगै स्याङयोङ्गले ग्राहकहरुलाई १ वर्ष निःशुल्क बीमा, ७ वर्ष सजिलो फाइनान्स, ३ वर्षको वारेन्टी, ३ …
पुरा पढ्नुहॊस »५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल …
पुरा पढ्नुहॊस »बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?
काठमाडौँ ।आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी मुल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
काठमाडाैँ । नेपाल टेलिकमले स्याङ्जाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएसएम सेवाको विस्तार गरेको छ । करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्पmत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए । करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता …
पुरा पढ्नुहॊस »सेलपेको अफर : नयाँ वर्ष २०७८ पाइन्छ उपहार हप्तैभर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ वर्ष २०७८ उपलक्ष्यमा “नयाँ वर्ष २०७८,पाइन्छ उपहार हप्तैभर” योजनासुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न ७ सेवाहरु उपयोग गर्दा उक्त ७ वटै सेवाहरुमा हरेक दिन लक्की ड्र मार्फत ७ जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना बैशाख १ गते देखि बैशाख ७ गते सम्म लागु हुनेछ । यस …
पुरा पढ्नुहॊस »ओपोद्वारा नेपालमा ए५४ सार्वजनिक
काठमाडौं । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । आजको पुस्ता, फोनले आफ्ना आवश्यकतापूर्ति गर्दै दैनिकीमा सहजता प्रदान गरोस् भन्ने चाहाना राख्छन् । त्यसैगरी, उक्त फोनले हाई एन्ड परफरमेन्स दिनुका साथै सुन्दर डिजाइन सहितको होस् भन्ने चाहान्छन् । ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ भने यसमा रहेको ओक्टा(कोर प्रोशेसरले …
पुरा पढ्नुहॊस »रुरु जलविद्युतको आईपीओ बाँडफाँड आज
काठमाडौं । रुरु जलविद्युतको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कान (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार कम्पिनीको आईपीओ बाँडफाँड हुने जनाएको छ । कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर माग भएको छ । कम्पनीले चैत २० गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १२० रुपैयाँ दरका ४ लाख ७ हजार ७०६ …
पुरा पढ्नुहॊस »उद्योगको नेतृत्वमा तयार गरिएको पाठ्यक्रम तथा प्रशिक्षार्थीमा आधारित रोजगारी सिर्जनाको नमूनाको अनावरण
काठमाडाैँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट् तथा नेपाल धागो उत्पादक संघ (NYMA) का अध्यक्ष पवन गोल्यान, यूके एडको सहयोगमा सञ्चालित रोजगारीका लागि सीप कार्यक्रम (सीप) ले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भई सीप र (NYMA) को साझेदारीले हासिल गरेको प्रभावको बारेमा जानकारी लिएका छन् । उनीहरुले धागो उद्योगको रूपान्तरण तथा दिगो रोजगारी सिर्जनाको लागि लिनुपर्ने बाटोको बारेमा पनि विचार विमर्श गरेका छन् । नोभेम्बर २०१९ देखि सुरु भएको …
पुरा पढ्नुहॊस »चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन
काठमाडौँ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेको हो । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोक्ने आयात खुला गरेको थियो । कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगन गरिएको विभागका प्रवक्ता …
पुरा पढ्नुहॊस »