काठमाडाै । नबिल इन्भेष्टमेन्ट बैंकिंङमा निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । विद्यमान कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनुपर्ने बाध्यताबाट मुक्त हुन कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा ल्याएको वताएकाे छ । यो अफर चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि मात्र रहने र प्राथमिक शेयरको आवेदन भर्नका …
पुरा पढ्नुहॊस »महालक्ष्मीद्धारा उद्यमीलाई ३५ लाख सहयोग
काठमाडाैँ । ललितपुरको महालक्ष्मी नगरपालिकाले ‘नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत यहाँका उद्यमीलाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्दै आएका व्यक्तिको व्यवसाय बढाउन महालक्ष्मीले सो मूल्य बराबरको रकम सहयोग गरेको हो । नगरपालिकामा विभिन्न उद्यम गरेर बसेका व्यक्तिहरुमध्ये २५ लाई उनीहरुको कामका मूल्याङ्कनका आधारमा ३५ लाख सहयोग गरेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए …
पुरा पढ्नुहॊस »आरविवि म्यूचुअल फण्ड १ लाई अनुमति
काठमाडाै । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको छ । यस योजनाको आकार रु.एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।
पुरा पढ्नुहॊस »अब रियलमी ८ का साथ रियलमी बड्स एयर २ र बड्स एयर २ नियो पनि नेपाली बजारमा
काठमाडौँ। विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ’रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ । उद्योगको शीर्षस्तर अन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगितिक समुह चैनस्मोकर्स र रियलमी …
पुरा पढ्नुहॊस »शुक्रबार सुनको मूल्य स्थिर
काठमाडौं । शुक्रबार सुन मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ९० हजार ५ सयमा नै कारोबार भइरहेको छ । यसअघि विहिबार पनि छापावाला सुन तोलाको ९० हजार ५ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले …
पुरा पढ्नुहॊस »महालक्ष्मी नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने
विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि पालिकाभित्र रहेका एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले नगरभित्रका एकल पुरुषलाई पनि मासिक भत्ता दिने निर्णय गरेको हो । श्रीमतीको निधन भएको वा अविवाहित ५० वर्ष माथिका पुरुषलाई पनि एकल भत्ता दिइने नगर प्रमुख पर्शुराम नेपालले बताए । महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि कुल ६४ करोड ५४ लाख …
पुरा पढ्नुहॊस »काठमाडौँ महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको छ । महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले विहिबार बजेट प्रस्तुत गरकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ …
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्यो, चाँदीको कति ?
काठमार्डौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने भएको छ । आज चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला …
पुरा पढ्नुहॊस »असार १७ देखि आन्तरिक हवाइ उडान सुरु हुने
काठमाडौं । आन्तरिक हवाई उडान असार १७ गतेबाट सुरु हुने भएको छ । कोभिड–१९ को महामारीसँगै बन्द गरिएको हवाई उडान पुन सुरु गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न आवश्यक तयारी थाल्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिएको छ । कुल उडान संख्याको आधा संख्यामा मात्र उडान गर्न वायु सेवा कम्पनीहरुलाई दुईतर्फी उडानको स्वीकृति दिन मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरी …
पुरा पढ्नुहॊस »फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १२७
काठमाडाैं । नेपाल आयल निगमले पुनः पेट्रोलियमको मूल्य बढाएको छ । निगमले गएरातिबाट लागू हुनेगरी मूल्य बढाएको हो । निगमले यसअघि जेठ २२ गते मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । बुधबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १२७, डिजेल र मट्टीतेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ ।
पुरा पढ्नुहॊस »