काठमाडाैं । नेपाल आयल निगमले पुनः पेट्रोलियमको मूल्य बढाएको छ । निगमले गएरातिबाट लागू हुनेगरी मूल्य बढाएको हो ।
निगमले यसअघि जेठ २२ गते मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । बुधबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर १२७, डिजेल र मट्टीतेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहॊस