महालक्ष्मी नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि पालिकाभित्र रहेका एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले नगरभित्रका एकल पुरुषलाई पनि मासिक भत्ता दिने निर्णय गरेको हो ।

श्रीमतीको निधन भएको वा अविवाहित ५० वर्ष माथिका पुरुषलाई पनि एकल भत्ता दिइने नगर प्रमुख पर्शुराम नेपालले बताए । महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि कुल ६४ करोड ५४ लाख ९५ रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाका उपप्रमुख मञ्जु कार्की अधिकारीले सार्वजनिक गरेको बजेटमा वित्तीय समानीकरणमा १० करोड ३३ लाख, केन्द्र सरकार राजश्व बाँडफाडबाट ७ करोड ५५ लाख १० हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ५८ लाख २८ हजार रकम बिनियोजन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस