शुक्रबार सुनको मूल्य स्थिर

काठमाडौं । शुक्रबार सुन मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ९० हजार ५ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि विहिबार पनि छापावाला सुन तोलाको ९० हजार ५ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री