सरकारले हवाई सेवालाई सुरक्षित र गुणस्तरिय बनाउने

सरकारले हवाई सेवालाई विस्तार गर्दै सुरक्षित र गुणस्तरीय बनाउँदै लैजाने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उक्त घोषणा गर्दै उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना, नियमन क्षमता वृद्धि तथा नवीन प्रविधिको उच्चतम उपयोगलाई प्रोत्साहन गरिने उल्लेख छ।

“वायुसेवा कम्पनीलाई काठमाडौँ बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ, “थप मुलुकसँग हवाई सेवा सम्झौता गरि नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिनेछ।”

आर्थिक वर्ष २०८०/८१ देखि निर्माण कार्य सुरु गर्ने गरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुङ्गो लगाइने र निर्माण सम्पन्न भएका क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाइने उल्लेख छ।

चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गरिने छ भने सुर्खेतको भेरीगङ्गा रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गर्न सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस