रिभर फल्स पावरको आईपीओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको हो।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १८ लाख पाँच हजार ४४० योग्य आवेदकमध्ये दुई लाख ५३ हजार ८९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको थियो । कम्पनीले २७ लाख ३० हजार कित्ता शेयर मध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आवेदन दिन आह्वान गरेको थियो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री