१६ अंकले बढ्यो नेप्से

नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ।

सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो। बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अङ्कले बढेर ४ सय ३२ दशमलव ७८ अङ्कमा पुगेको छ।

मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबारभन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ।

सेयर बजारमा मंगलबार ३१ लाख ७ सय ३० कित्ता कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार नेप्सेमा ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १६० कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।

मंगलबारको बजारमा म्यूचल फन्ड र ट्रेण्डिङ सेक्टर बाहेक अधिकांश सेक्टरका लगानी कर्ताले नाफा कमाएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस