आर्थिक

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटाैंडाको कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई रिसोर्टले दिने सेवामा छुट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएक बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मनकामना केबलकारका निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक

काठमाडौं । मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्रदान गरेको छ । चितवन कोइ ग्रुपद्वारा सञ्चालित केबलकारका निर्देशक श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् । नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई उक्त पुरस्कार …

पुरा पढ्नुहॊस »

आजदेखि शुक्रबार पनि नियमित सेयर कारोबार

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । आजदेखि शुक्रवार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार देखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ । आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो …

पुरा पढ्नुहॊस »

स्टिलको मूल्य १३ प्रतिशतसम्म बढ्यो, उद्योगीहरु आन्दोलित

काठमाडाैँ । बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ। अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए । अन्तःशुल्क वृद्धि गरी प्रतिकेजी ३ रुपैयाँ ५० पैसा पुगेको छ र यसले समस्या देखाएको सिद्धार्थ …

पुरा पढ्नुहॊस »

काठमाडौं प्याथल्याब एन्ड डाग्नोस्टिक सेन्टरमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंक ग्राहकले डेबिट कार्ड, क्यूआर (स्क्यान पे) मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा सेन्टरबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्राप्त गर्नेछन् । सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

चितवन । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् । नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार …

पुरा पढ्नुहॊस »

१ अर्ब २ कराेड रुपैयाँ बराबरकाे हेरोइनसहित ७ अफ्रिकन पक्राउ

काठमाडाैँ । ५१ किलाे खैराे तथा सेता हेराेइनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूराेले त्रिभुवन विमानस्थल र काठमाडाैँका विभिन्न ठाउँ गरेकाे ७ दिन लामाे अनुसन्धान तथा निगरानीका क्रममा ७ जना अफ्रिकन नागरिक पक्राउ परेकाे प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेहरूमध्ये वर्ष २९ की सबिसी थन्डीकेले, वर्ष ४६ कि मुरिल क्युड्युज्की थिम्बेनी रहेका छन् । उनीहरू जेठ २९ गते फ्लाइ दुबईकाे …

पुरा पढ्नुहॊस »

आइओसीले पठायाे इन्धनकाे नयाँ मूल्यसूची, ६ रुपैयाँ बढेर आयाे डिजेल

काठमाडाैँ । भारतीय आयल निगम (आइओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएकाे छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रुपैयाँ २८ पैसा पुगेको छ । त्यस्तै, डिजेल प्रतिलिटर १९ रुपैयाँ ३ पैसाले बढेर २ सय २ रुपैयाँ १६ पैसा पुगेको छ । हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेको छ। अहिले एनओसीले (आन्तरिक) प्रतिलिटर १ सय ६८ रुपैयाँ ७० पैसा …

पुरा पढ्नुहॊस »

एमालेको बहिष्कारका बिच विनियोजन विधेयक पारित, खर्च कटाैती प्रस्ताव अस्वीकृत

काठमाडाैँ । नेकपा का सांसदहरूको बहिष्कारकाबिच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरूले सदन बहिष्कार गरेका थिए, त्यसलगतै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको बिघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए । बैठकमा विनियोजन विधेयकमाथि परेको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार …

पुरा पढ्नुहॊस »