मनकामना केबलकारका निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक

काठमाडौं । मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्रदान गरेको छ । चितवन कोइ ग्रुपद्वारा सञ्चालित केबलकारका निर्देशक श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई उक्त पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बताएका थिए । डेकोरेसन अफ अनर अस्ट्रिया सरकारद्वारा सम्मानित गरिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत जसले देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गरेका छन्, उनीहरुलाई यो पदक प्रदान गरिन्छ । डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरू सम्बन्धित कानुन बमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले उपयुक्त व्यक्ति छनोट गरेर प्रदान गर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री