बैंकिङ्ग

एनआईसी एशियाले भन्यो- ‘सबै वित्तीय सूचकहरूमा हामी अब्बल छौँ’

काठमाडाैं । निजी क्षेत्रको अग्रणी एनआईसी एशिया बैंकले सबै वित्तीय सूचकहरूमा आफू अब्बल रहेको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह भएको बताउँदै सबै सूचकहरूमा कुनै समस्या नरहेको जनाएको हो। चालु आर्थिक दोस्रो त्रैमास (पुस मसान्तसम्म) आइपुग्दा एनआईसी एशिया बैंकका कुनै पनि सूचकमा समस्या नदेखिएको जनाइएको छ। पछिल्लो विवरण अनुसार बैंकको खराब कर्जा १.१९ प्रतिशत छ। यस अवधिमा वाणिज्य बैंकहरूको औषत खराब …

पुरा पढ्नुहॊस »

महिला जागृति वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको हो । दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको उक्त वृद्धाश्रममा पुगी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । सहयोग हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धाले सञ्चालन …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकको कारबाहीमा परे यी विकास बैंक र फाइनान्स

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नीति निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नारायणी डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सलाई राष्ट्र बैङ्कले कारबाही गरी जरिबाना पनि तिराएको हो । नारायणी डेभलपमेन्ट बैङ्कलाई चालु आर्थिक वर्ष २०८०/८१ मा योसमेत तेस्रो पटक कारबाही गरेको राष्ट्र बैङ्कले जनाएको छ । नारायणीले अनिवार्य …

पुरा पढ्नुहॊस »

कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट​

काठमाडौं । बैंकका बारेमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति एनआईसी एशिया बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।​ बैंकले बुधवार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको जनाएको हो । ‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोलकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकका मुख्य …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ कर्जा योजना, ब्याजदर कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष ०८१ लाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले महालक्ष्मी घरकर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत महालक्ष्मी घरकर्जा र महालक्ष्मी व्यावसायिक कर्जा १० दशमलव ९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाइएको छ । तीनै प्रकारका कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरूको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले बैंकिङ सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका …

पुरा पढ्नुहॊस »

‘कर्जा जोखिम भारको दरलाई तोडमोड’ शीर्षकको समाचार भ्रामक : एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जाको जोखिम भारको दरलाई तोडमोड गरिएको भन्ने समाचार भ्रामक रहेको जनाएको छ । बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हाल केही सञ्चार माध्यममा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका समाचार आइरहेको भन्दै ती समाचार झुटो र तथ्यहीन रहेको बताएको छ । बैंकको प्रेस विज्ञप्तिमा भनिएको छ, …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको ‘कुमारी गज्जब बचत’ योजनाः उच्च ब्याजसहित बीमा सेवा

काठमाडौँ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात रु। १,००० रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६।०१५ प्रदान गर्नुका साथै रु। २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने छ । बैंकका अनुसार बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले रु। २०,००० सम्मको स्वास्थ्य …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ। यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो। सोमध्ये बैंकले आफ्नै …

पुरा पढ्नुहॊस »

शाखा कार्यालय बन्द गर्न लागेको समाचारप्रति​ एनआईसी एशिया बैंकको ध्यानाकर्षण

काठमाडौं । ‘शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति एनआईसी एशिया बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारालाई आत्म साथ गर्दै उत्तरदायी बैंकिङको अभ्यास गरिरहेको बैंकले सोमवार विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।​​ बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ । वाणिज्य बैंकहरूमध्ये …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds