सान्भि इनर्जीको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

काठमाडौं । सान्भि इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा सोमबार बाँडफाँड गरिएको हो ।

आईपीओमा २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएकोमा गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री