सिटिजन्स बैंकद्वारा मधेश प्रदेशको मणि मण्डपमा बृहत वृक्षारोपण

जनकपुरधाम । प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधिबाट सम्मानित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै विश्व वातावरण दिवसको अवसरमा मधेश प्रदेशमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘बिट द प्लास्टिक’ को नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले सोमबार जनकपुरधामको ऐतिहासिक मणि मण्डप परिसरमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा अवस्थित मणि मण्डप क्षेत्रमा आयोजित उक्त कार्यक्रमले हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । बैंकले विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाका बिरुवा रोपेर वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिबद्धता जाहेर गरेको हो । बैंकले यो वृक्षारोपण कार्यक्रमलाई आफ्नो बृहत् सामाजिक उत्तरदायित्व श्रृङ्खलाको एक हिस्साको रूपमा लिएको छ ।

यसअघि पनि बैंकले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री तथा पूर्वाधारमा सहयोग गर्ने र मठमन्दिरहरूको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ । सामाजिक कार्यसँगै नवीनतम बैंकिङ सेवामा समेत अग्रणी रहेको सिटिजन्स बैंकले हालै मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ जस्तो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यसका साथै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र CRN नम्बर प्राप्त गर्न सकिने तथा अन्य बैंकका ग्राहकले समेत क्यूआर कोड स्क्यान गरी नगद झिक्न सक्ने ‘क्रस बैंक टेलर’ जस्ता नवीन सुविधाले ग्राहकलाई सहजता प्रदान गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरूमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री