सिटिजन्स बैंकको हरियाली अभियान : विराटनगरमा बृहत वृक्षारोपण

विराटनगर । विश्व वातावरण दिवस, २०२५ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशको विराटनगरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । “प्लास्टिक प्रदूषणलाई परास्त गरौँ” भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले बैंकले यो हरियाली अभियान सञ्चालन गरेको हो ।

विराटनगर महानगरपालिका-८ स्थित विश्वकर्मा चोकमा आइतबार आयोजित उक्त कार्यक्रममा विभिन्न प्रजातिका १०० भन्दा बढी बिरुवा रोपिएको थियो। कार्यक्रमले वातावरण संरक्षणमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गर्नुका साथै रुख तथा बोटबिरुवाको जगेर्ना र प्रवर्द्धनमा जोड दिएको छ।

यो वृक्षारोपण कार्यक्रम बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमहरूको एक हिस्सा हो। यसअघि पनि बैंकले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठमन्दिरहरूमा आर्थिक तथा भौतिक सहयोग जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ।

सामाजिक सेवामा मात्र नभई, बैंकले नवीन बैंकिङ्ग सेवामा पनि आफूलाई अग्रणी स्थानमा राख्न सफल भएको छ। हालसालै मात्र विश्वकै प्रतिष्ठित “बैंक अफ द इयर २०२४” को उपाधि जित्न सफल सिटिजन्स बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डको रूपमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको थियो। यसका साथै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र CRN नम्बर प्राप्त गर्न सकिने तथा अन्य बैंकका ग्राहकले समेत क्यूआर स्क्यान गरी नगद झिक्न मिल्ने ‘क्रस-बैंक टेलर’ जस्ता सुविधाहरूले ग्राहकलाई सहज बनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ्ग इकाइहरूमार्फत करिब १९ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री