जिरीको पर्यटन प्रवर्द्धनमा प्रभु बैंकको सहकार्य, होटल यार्शामा १५% सम्म छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई देशको रमणीय पर्यटकीय गन्तव्य जिरीमा विशेष सुविधा प्रदान गर्ने उद्देश्यले त्यहाँस्थित प्रख्यात होटल यार्शासँग आकर्षक छुट सम्बन्धी सम्झौता गरेको छ । ‘सगरमाथाको प्रवेशद्वार’का रूपमा चिनिने जिरीको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने लक्ष्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ ।

एक समारोहका बीच सम्पन्न उक्त सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शाद्वारा प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन् । अब बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले होटलको कोठामा १५ प्रतिशत तथा खाना र पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन्।

दोलखा जिल्लामा अवस्थित जिरी आफ्नो स्वच्छ हावा, शीतल मौसम र मनमोहक प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि उत्कृष्ट सुरुवाती बिन्दु मानिनुका साथै पारिवारिक घुमघाम र शान्त वातावरणमा रमाउन चाहने जोकोहीका लागि एक आदर्श गन्तव्य हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री