काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्स प्रा। लि।, कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकका ग्राहकहरूले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जानकारी दिएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा ए।टि।एम। सञ्जालहरू सञ्चालनमा रहेका छन् ।
तपाईंको प्रतिकृया




