ज्योति विकास बैंकका ग्राहकलाई होटल मारकोपोलोमा १० प्रतिशत छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौंको हात्तिसारस्थित “Hotel Marcopolo” मा विशेष छुट दिने सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटलमा उपलब्ध रूम सेवा र भोजनमा १० प्रतिशत सम्मको छुट पाउनेछन्।

ग्राहकको सेवामा केन्द्रित यो विकास बैंकले हालै ललितपुरको “Baked & Served” मा १२ प्रतिशत छुट दिने, “Paradise Hills” तथा काठमाडौंस्थित “View Three Hundred Sixty Degree Resort” मा पनि १० प्रतिशत सम्म छुट दिने व्यवस्था गरिसकेको छ।

बैंकले विभिन्न व्यवसायसँग सहकार्य गरी आफ्ना ग्राहकलाई थप सुविधा दिने क्रमलाई निरन्तरता दिइरहेको जनाएको छ। यसमार्फत बैंकले वित्तीय सेवा मात्र नभई जीवनशैलीमा पनि मूल्य अभिवृद्धि गर्ने प्रयास गरिरहेको देखिन्छ।

सामाजिक उत्तरदायित्वतर्फ समेत बैंकको अग्रसरता उल्लेखनीय छ। नवजात शिशुको जीवन रक्षा गर्न “न्यानो नानी” मार्फत ६२ इकाइ स्थापना गरेर हरेक वर्ष २२९४ भन्दा बढी शिशुको अमूल्य जीवन रक्षा गर्दै आएको छ। यस कार्यका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा बैंकले ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा छुट्याउँदै आएको छ।

विकास बैंकले चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु. १५ करोड राजस्व बुझाइसकेको छ भने अघिल्लो आर्थिक वर्षमा करिब रु. ४० करोड राजस्व योगदान गरेको जनाएको छ।

संस्थागत सुशासनलाई केन्द्रमा राख्दै, ज्योति विकास बैंकले सामाजिक रूपान्तरण र नागरिक हितलाई प्राथमिकता दिने कार्यमा निरन्तर अग्रसर रहँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री