कामना सेवा विकास बैंकको ७० औँ शाखा झापाको बिर्तामोडमा

काठमाडौँ । कामना सेवाविकास बैंकले सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिकामा ७० औं  शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

उक्त नयाँ शाखा कार्यलयको उद्घाटन  बैंकका संचालक समिति सदस्य भिमप्रसाद तुलाचन र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखाभएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री