माछापुछ्रे बैंकको २ नयाँ शाखाको शुभारम्भ

काठमाडौं ।  माछापुछ्रेबैंकले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती नगरपालिका स्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरे ।

नयाँ   शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९६ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै,बैंकको देशभर ११९ वटा एटीएमहरु संचालनमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री