पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर

झापा । प्रभु बैंकले झापाको विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं -१ का मुख्यमन्त्री शेरधन राईले उक्त काउण्टरको उद्घाटन गरेका हुन्।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री