बैतडी । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाईते बनाएका छन् । घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
तपाईंको प्रतिकृया




